Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All news

Newsसमाचार

18 Feb 2019

From France, Prashant Upreti gives Rs 100,000 to Sujan Barma, whose kidneys have both failed

दुवै मिर्गौला पीडित बर्मालाई फ्रान्सबाट प्रशान्तले गरे १ लाख सहयोग

काठमाडौं । दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका ६ का १८ वर्षीय सुजन बर्मालाई फ्रान्सबाट प्रशान्त उप्रेतीले एक लाख रुपैयाँ सहयोग गरेको छन् । उपचारमा आर्थिक अभाव व्यहोरेका उनलाई प्रशान्तले आर्थिक सहयोग गरेका हुन् । दिलबहादुर सार्की बर्माका छोरा सुजन सुप्रिम कलेज सानो थिमी भक्तपुरमा कक्षा १२ मा अध्यनरत छन् ।

युरीन इन्फेक्सन भई अपरेसन गर्दा उनको दुवै मृगोला फेल भएको र आर्थिक अभावका कारण मृगोला प्रत्यारोपण गर्न ठूलो रकमको आवशयकता परेको भन्दै पीडित बर्माले सहयोगको लागि अनुरोध गरेका छन् । हाल उनको उपचार नेपाल मेडिकल कलेज जोरपार्टीमा भइरहेको परिवारजनले जानकारी दिएका छन् ।