Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All news

Newsसमाचार

13 Feb 2019

Rs 100,000 for Sujan Barma, whose kidneys have both failed

दुवै मृगौला पिडित सुजन बर्मालाइ १ लाखको सहयोग

दुवै मृगौला पिडित सुजन बर्मालाइ सहयोग गर्ने उद्देस्यले बिभिन्न संघ संस्थाहरु बाट रकम उठ्ने क्रम जारि छ।

सुजन बर्मा बिगत ३ बर्ष देखि युरिन इन्फेक्शन भई अप्रेशन गर्दा गर्दै दुवै मृगौला फेल भइ शिक्षण अस्पताल महाराजगन्जमा उपचार गराई रहेको छन् । सो अस्पतालका मृगौला विभागका डाक्टरको सिफारीस बमोजिम सुजन बर्मा हाल नेपाल मेडिकल कलेज जोरपाटी अत्तरखेलमा उपचार गराई रहेको छन् ।
उनको घरमा दिदि र बुबा समेत सुगर, प्रेसर र थाईराईड सम्बन्धि रोगको औषधि सेवन गर्दै रहेको र सुजन आर्थिक अवस्था निकै कमजोर रहेको अवस्थामा मृगौला प्रत्यारोपण गर्ने र गरे पश्चयात पनि ठुलै रकमको औषधि सेवनगर्नुपर्ने भएकाले जीवन रर्क्षाथ र नयाँ जीवनको लागि सहयोग गर्न हार्दिक अपिल गरेका छन् ।

यसै क्रममा International Nepalese Blood Donors INBD मार्फत फ्रान्स निवासी प्रशान्त उप्रेतीले हालै सो सहयोग अभियानमा सहभागी हुदै १ लाख रुपयाँ सहयोग गरेका छन्। अन्तरास्ट्रिय नेपाली रक्तदाता संस्थाको फ्रान्स संयोजक समेत रहेका प्रशान्त उप्रेतीले रक्तदान लगाएत बिभिन्न सामाजिक गतिविधिमा सक्रिय रहदै आइरहेका छन।