Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All news

Newsसमाचार

18 Feb 2019

INBDA hands over financial help to kidney patient Sujan Barma

मिर्गौला पीडित लाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ द्वारा आर्थीक सहयोग रकम हस्तान्तरण

काठमाडौं, ६ फागुन । सिन्धुपाल्चोक जिल्ला इन्द्रावती गाउँपालिका–६ स्थायी घर भई हाल काठमाडौं मुलपानी बस्ने १८ वर्षिया सुजन बर्मालाई अन्तराष्ट्रिय नेपाली रक्तदाताले आर्थिक सहयोग गरेको छ । विगत एक वर्षदेखि नियमित डायलासिस गराउँदै आएका बर्मालाई रक्तदाताले एक कार्यक्रम बीच आज आर्थिक सहयोग गरेको हो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाताका महासचिव निरञ्जन पौडेल, सचिव राहुल रेग्मी, कोषाध्यक्ष उत्तम अधिकारी, सदस्य खेटराज मैनाली, राजेन्द्र ओझा लगायतका पदाधिकारीको उपस्थिति रहेको थियो । उनीहरुले फ्रान्सबाट प्रशान्त उप्रेतीले पठाएको सहयोग रकम एक लाख सुजनका बुबा दिलबहादुर सार्की बर्मासमेतको उपस्थितिमा हस्तान्तरण गरिएको सचिव राहुल रेग्मीले जानकारी दिएका छन् ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली रक्तदाता मार्फत फ्रान्सबाट प्रशान्त उप्रेतीले गरेको सहयोगको लागि उनलाई धन्यवाद व्यक्त समेत गरिएको थियो ।

सुजन हाल सुप्रिम कलेज सानोठिमी भक्तपुरमा कक्षा १२ मा अध्ययनरत छन् । पिसाव संक्रमण भई अप्रेशन गर्दा उनको दुबै मृगौला फेल भएको र आर्थिक अभावका कारण मृगौला प्रत्यारोपण गर्न ठूलो रकम आवश्यकता परेको भन्दै पीडित सुजनले सहयोगको लागि सम्पूर्णमा अनुरोध गरेका छन् । हाल उनको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचार भइरहेको छ ।