Newsसमाचार
22 Nov 2026अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को नयाँ कार्यसमिति चयन, अध्यक्षमा रेग्मी
Tap the picture to see it full size.
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ को सन् २०२६–२०२८ कार्यकालका लागि नयाँ कार्यसमिति चयन भएको छ । शनिबार काठमाडौंको धुम्बाराहीस्थित लर्ड पार्टी भेन्युमा सम्पन्न संघको अधिवेशनले नेपालका राहुल रेग्मीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो ।
नवगठित कार्यसमितिको निवर्तमान अध्यक्षमा अमेरिकाका अजय सत्याल रहेका छन् । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा नेपालकी डा. मनिता राजकर्णिकार र उपाध्यक्षमा नेपालकै उत्तम अधिकारी चयन भएका छन् ।
संघको महासचिवमा कतारका तेज कटुवाल, सचिवद्वयमा न्यूजिल्याण्डका रामराज ओली र अष्ट्रेलियाका मुक्तिराम पोख्रेल तथा कोषाध्यक्षमा यूएईका सुनिलराज श्रेष्ठ चयन भएका छन् ।
यसैगरी, कार्यसमिति सदस्यहरूमा विश्वका विभिन्न देशमा छरिएर रहेका नेपाली रक्तदाता अभियन्ताहरू चयन भएका छन् । जसमा क्यानडाका विवेक पाण्डेय, घानाका विकास सुवेदी, सेशेल्सका कमान सिंह खत्री, डेनमार्कका वीरेन्द्र श्रेष्ठ, कतारका सन्तोष क्षेत्री, कुवेतका गुलाम नबी मन्सुर र नाइजेरियाका भरत रिजाल रहेका छन् ।
अन्य कार्यसमिति सदस्यहरूमा युगान्डाका रमेश कँडेल, माल्टाका भीमराज लामा, यूएईका दीपक राउत, अष्ट्रेलियाकी रासना पलाञ्चोके, पोर्चुगलका अञ्जन मिश्र, अमेरिकाका विमल नेपाल र भारतका महेशराज रेग्मी चयन भएका छन् ।
विश्वभर छरिएर रहेका नेपाली रक्तदाताहरूलाई एकताबद्ध गर्दै मानवीय सेवा र रक्तदान अभियानलाई अझ प्रभावकारी बनाउने उद्देश्यका साथ संघको नयाँ कार्यसमिति चयन गरिएको हो ।
