Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Past event

Blood donation campaign for World Humanitarian Day

बृहत रक्तदान कार्यक्रम

Poster: Blood donation campaign for World Humanitarian Day

Poster: Blood donation campaign for World Humanitarian Day · 1 / 1

Tap the poster to see it full size.

When

Sunday, 20 August 2023

4:00 PM to 8:00 PM

Where
Qatar Red Crescent office, Al Mina Street, Ghanim Al Qadeem, near the National Museum, Doha

From the organisers

रक्तदान कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध ।

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ज्युहरु, समाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा नमस्कार ।

विश्व मानवता दिवसको अवसर पारेर नेपाली रक्तदाता संघ, कतार र कतार रेड कृसन्ट (Qatar Red Crescent) को सहकार्यमा मिति २० अगस्ट, २०२३ आइतबारका दिन "बृहत रक्तदान कार्यक्रम" को आयोजना गर्ने जानकारी गराउदै उक्त बृहत रक्तदान कार्यक्रममा सहभागी हुने इच्छुकले तल दिएको लिन्कमा गएर फारम भर्न अनुरोध गर्दछौं फारम भर्ने अन्तिम मिति १७ अगस्ट २०२३ बिहान ११ बजे सम्म ।

https://forms.gle/TYQhn7Fa1zCttsCi9

रक्तदाताले रक्तदान गर्दा ध्यानदिनु पर्ने कुराहरु निम्न लिखित छन :

१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने l

२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ l

३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ l

४) रक्तदाता कम्तीमा ८ घन्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ l

५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ l

६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ l

तपशिल :-

स्थान: Qatar Red Crescent Office, नेशनल म्युजियम नजिक अल मिना स्ट्रीट गानम कदीम दोहा।

मिति :- २० अगस्त, २०२३ (आइतवार )

समय :- दिनको ४ बजे देखि बेलुकी ८ बजे सम्म

नेपाली रक्तदाता संघ, कतार (परिवार)