Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All events

Eventकार्यक्रम

Past event

Mass blood donation programme

बृहत रक्तदान कार्यक्रम

Poster: Mass blood donation programme

Poster: Mass blood donation programme · 1 / 1

Tap the poster to see it full size.

When

Friday, 18 August 2023

8:00 AM to 1:00 PM

Where
Blood Donor Centre, Hamad Hospital, Doha

From the organisers

रक्तदान कार्यक्रममा सहभागिताको लागि सादर अनुरोध ।

आदरणीय कतारमा स्थापित सम्पुर्ण नेपाली संघ-संस्था प्रमुख ज्युहरु, समाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु साथै नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु सम्पुर्णमा नमस्कार ।

नेपाली रक्तदाता संघ, कतारको समन्वय र लमजुङ सेवा समाज, कतारको आयोजनामा मिति १८ अगस्ट , २०२३ शुक्रबारका दिन "बृहत रक्तदान कार्यक्रम" को आयोजना गर्ने जानकारी गराउदै उक्त बृहत रक्तदान कार्यक्रममा कतारमा स्थापित सम्पुर्ण नेपाली संघ, संस्थाहरु प्रतिनिधिज्युहरु समाजिक अभियान्ताज्युहरु, पत्रकारज्युहरु र कतारमा रहनु भएका सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु लाई यसै सूचनालाइ आधार मानेर बृहत रक्तदान कार्यक्रममा उपस्थित रहेर रक्तदान गर्नका लागि हार्दिक अनुरोध गर्दछौं ।

रक्तदाताले रक्तदान गर्दा ध्यानदिनु पर्ने कुराहरु निम्न लिखित छन :

१) रक्तदाता रक्तदान गर्न आउदा आफ्नो कतारी आइडि वा लाईसेन्स वा हेल्थाकार्ड अनिवार्य हुनुपर्ने

२) रक्तदाता कतार प्रवेश गरेको ६ महिना पुरा भएको हुनुपर्नेछ l

३) रक्तदाताले यदि पहिले रक्तदान गरेको भए २ महिना (६०दिन) पुरा भएको हुनुपर्नेछ l

४) रक्तदाता कम्तीमा ८ घन्टा सुतेको कुनैपनी एन्टिबायोटिक औषधि सेवन नगरेको, पछिल्लो २४ घन्टा भित्र मदिरापान सेवन नगरेको हुनुपर्नेछ l

५) रक्तदाताको उमेर १८ देखि ६५ हुनुपर्नेछ र तौल कम्तिमा ५० केजी हुनुपर्नेछ l

६) रक्तदाताको रक्तचाप र अन्य मापदण्ड रक्त संकलन टोलीमा खटिएका स्वास्थकर्मी बाट निर्धारण गरे बमोजिम हुनेपर्नेछ l

तपशिल :-

स्थान : हमाद हस्पिटल (Blood Donar Center)

मिति :- १८, अगस्ट , २०२३ ( शुक्रबार )

समय :- बिहान ८ बजे देखि १ बजे सम्म

नेपाली रक्तदाता संघ, कतार (परिवार)