अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिने

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम गरिने भएको छ । आउदो साउन २४ गते शनिवारका दिन राजधानीका दुई ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरिने नेपाली रक्तदाता संघले जनाएको छ । राष्ट्रिय युवा परिषदको सहयोग र बिभिन्न संस्थाहरुको सहकार्यमा चाबहिल चोक र कलंकी माई मन्दिर परिसरमा बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म बृहत रक्तदान कार्यक्रम सञ्चालन हुने नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले बताए । रक्तदान कार्यक्रममा (कोभिड–१९) लाई ध्यानमा राखी हरेक रक्तदाताहरुलाई साधारण परीक्षण गराएर रक्तदान गर्ने आयोजकले जनाएको छ ।