भारतमा नेपाली रक्तदाता संघ गठन, अध्यक्षमा लक्ष्मणप्रसाद पाण्डे

भारतमा नेपाली रक्तदाता संघ गठन गरिएको छ । शनिवारका भारतका विभिन्न राज्यबाट प्रतिनिधित्व गर्दै सहभागी भएका नेपालीहरुको उपस्थितिमा सम्पन्न भएको भर्चुअल भेलाले संघ गठन गरेको हो । वैदेशिक रोजगारीको शिलशिलामा भारतका विभिन्न राज्यमा रहेका नेपाली नागरिकहरुलाई रगतको कमी भएर अकालमै ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यका साथ भारतमा नेपाली रक्तदाता संघ गठन गरिएको हो । लक्ष्मणप्रसाद पाण्डेको अध्यक्षतामा गठन गरिएको संघमा उपाध्यक्ष गंगाप्रसाद भट्टराई, सचिवमा प्रतिक तिमिल्सिना, सह-सचिवमा नविन जोशी, कोषाध्यक्षमा जनक ढकाल, मिडिया संयोजक पुष्पराज रोकायालाई चयन गरिएको छ । त्यस्तै संघको सदस्यहरुमा दुर्गा आचार्य, जीवन कुमार बिसी, रूप ठकुल्ला, कमला थापा, लोकेश ढुंगाना, कुशेश्वर सिंह र कविता बुढालाई चयन गरिएको अध्यक्ष पाण्डेले बताए । अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष अजय सत्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा, सचिव राहुल रेग्मी, केन्द्रिय सदस्य केदार तिमिल्सिना, प्रशान्त उप्रेती, नागेन्द्र प्रसाद जोशी र अर्जुन बोगटीको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथिसमेत रहेका अन्तराष्ट्रिय नेपाली रक्तदाता संघका अध्यक्ष सत्यालले विश्वभरी छरिएर रहेका नेपाली रक्तदाताहरुलाई संगठित गर्दै प्रवासमा रहेका कुनै पनि नेपालीले रगत नपाएर अकालमा ज्यान गुमाउनु नपरोस् भन्नका लागि संघ गठन गरिएको बताए । भर्चुअल प्रणालीमार्फत् सम्पन्न भएको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सचिव राहुल रेग्मीले गरेका थिए । कार्यक्रममा उपस्थित सम्पूर्ण सहभागीहरुले ठूलो संख्यामा भारतमा रहेका नेपाली नागरिकहरुलाई रक्तदानको क्षेत्रमा सेवा गर्नको लागि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका थिए । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (आइएनबीडीए) सन् २०१४ मा अमेरिकाको कानुनअनुसार दर्ता भई सञ्चालनमा आएको गैर नाफामुखी संस्था हो । यस संस्थाले विश्वका २५ भन्दा बढी देशहरूमा आफ्नो सञ्जाल फैलाएको छ ।