न्यूयोर्कको स्थानीय सरकार द्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा ।

वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई "विश्व रक्तदाता अर्जुन मैनाली दिवस" घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धि ज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याए बापत अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ का संस्थापक अध्यक्ष अर्जुन प्रसाद मैनालीलाई उक्त सम्मान गरेको हो । रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्त सञ्चार गरेका थिए । जुन संसारमा यो नै पहिलो सफल मानव रक्तदान थियो । सन् २००७ देखि वेष्टर वे टाउनको हिक्सभिल न्यूयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनालीले अमेरिकाको १४ राज्यहरुमा रक्तदान रउत्प्रेरणा गरेका छन् । उनले हालसम्म ६ वटा महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९पटक प्लेट्लेटस) गरेका छन् । उनको आफ्नै रगतले ५१६ जना सम्मलाई बचाउन सहयोग हुन्छ । अमेरिकामा दैनिक करिव ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क शहरदेखि ४० किलोमिटर टाढाको वेष्टर वे टाउनमा तीन लाख जनसंख्या छ । स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानी आम जनमानसमा सन्देश पुर्याउन उक्त दिवस घोषणा गरेको जनाईएको छ । स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा स्थानीय, राष्टिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएका हुनाले “विश्व रक्तदाता अर्जुन मैनाली दिवस” घोषणा गरेको हो ।