दुवै मिर्गौला पीडित बर्मालाई फ्रान्सबाट प्रशान्तले गरे १ लाख सहयोग

काठमाडौं । दुवै मिर्गौला फेल भएर उपचार गराइरहेका सिन्धुपाल्चोक इन्द्रावती गाँउपालिका ६ का १८ वर्षीय सुजन बर्मालाई फ्रान्सबाट प्रशान्त उप्रेतीले एक लाख रुपैयाँ सहयोग गरेको छन् । उपचारमा आर्थिक अभाव व्यहोरेका उनलाई प्रशान्तले आर्थिक सहयोग गरेका हुन् । दिलबहादुर सार्की बर्माका छोरा सुजन सुप्रिम कलेज सानो थिमी भक्तपुरमा कक्षा १२ मा अध्यनरत छन् । युरीन इन्फेक्सन भई अपरेसन गर्दा उनको दुवै मृगोला फेल भएको र आर्थिक अभावका कारण मृगोला प्रत्यारोपण गर्न ठूलो रकमको आवशयकता परेको भन्दै पीडित बर्माले सहयोगको लागि अनुरोध गरेका छन् । हाल उनको उपचार नेपाल मेडिकल कलेज जोरपार्टीमा भइरहेको परिवारजनले जानकारी दिएका छन् ।