Skip to content
हाम्रो विश्वव्यापी अभियान, जहाँ नेपाली त्यहाँ रक्तदान
All news

Newsसमाचार

23 Nov 2026

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को अध्यक्षमा रेग्मी सर्वसहमत

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को अध्यक्षमा  रेग्मी सर्वसहमत

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को अध्यक्षमा रेग्मी सर्वसहमत · 1 / 1

Tap the picture to see it full size.

काठमाडौ । अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को अध्यक्षमा राहुल रेग्मी सहित सर्वसहमत नयाँ कार्यासमिती चयन भएका छन।

अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) को काठमाडौको धुम्बराइमा आयोजित सातौँ महाधिवेशनबाट राहुल रेग्मी सहित ३१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो।

कार्यक्रम नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा. डा. देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

नवनिर्वाचित कार्यसमितिको नामवली यसप्रकार छ।
‎अध्यक्ष: राहुल रेग्मी (नेपाल)
निवतमान अध्यक्ष: अजय सत्याल (अमेरीका)
वरिष्ठ उपाध्यक्ष: डा. मनिता राजकर्णिकार (नेपाल)
उपाध्यक्ष: उत्तम अधिकारी (नेपाल)
महासचिव: तेज कटुवाल (कतार)
सचिव: रामराज ओली (न्यूजिल्याण्ड)
सचिव: मुक्तिराम पोख्रेल (अष्ट्रेलिया)
कोषाध्यक्ष: सुनिलराज श्रेष्ठ (यूएई)
कार्यसमिति सदस्य: विवेक पाण्डेय (क्यानडा)
कार्यसमिति सदस्य: विकास सुवेदी (घाना)
कार्यसमिति सदस्य: कमान सिंह खत्री (सेशेल्स)
कार्यसमिति सदस्य: वीरेन्द्र श्रेष्ठ (डेनमार्क)
कार्यसमिति सदस्य: सन्तोष क्षेत्री (कतार)
कार्यसमिति सदस्य: गुलाम नबी मन्सुर (कुवेत)
कार्यसमिति सदस्य: भरत रिजाल (नाइजेरिया)
कार्यसमिति सदस्य: रमेश कँडेल (युगान्डा)
कार्यसमिति सदस्य: भीमराज लामा (माल्टा)
कार्यसमिति सदस्य: दीपक राउत (यूएई)
कार्यसमिति सदस्य: रासना पञ्चलान्छोके (अष्ट्रेलिया)
कार्यसमिति सदस्य: अञ्जन मिश्र (पोर्चुगल)
कार्यसमिति सदस्य: विमल नेपाल (अमेरीका)
कार्यसमिति सदस्य: महेशराज रेग्मी (भारत)

उक्त नयाँ कार्यसमिति सन् २०१४ मा स्थापना भएको संघले ‘जहाँ नेपाली, त्यहाँ रक्तदान’ भन्ने मूल नाराका साथ विश्वभर रहेका नेपाली रक्तदातालाई एउटै सञ्जालमा आबद्ध गर्दै रक्तदान अभियानलाई संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले काम गर्दै आएको छ। हालसम्म २१ देशमा संघका राष्ट्रिय सञ्जाल स्थापना भइसकेको अन्तर्राष्ट्रिय रक्त्तदाता सघका अध्यक्ष रहुल रेग्मीले बताउने गरेका छन्।

महाधिवेशनमा २२५ पटक रक्तदान गरिदकेका संस्थाका प्रमुख संरक्षक अजय सत्याललाई मानव जीवन रक्षामा पुर्याएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।

महाधिवेशनमा सहभागी वक्ताहरूले रक्तदान अभियानलाई प्रभावकारी बनाउन रक्तदाता परिचालनसँगै नेपालको समग्र रक्तसञ्चार प्रणालीको सुधार, रगतको उचित व्यवस्थापन तथा आवश्यक परेको समयमा सहज रूपमा रगत उपलब्ध गराउने प्रणाली विकासमा समेत संस्थाले भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए।

नवनिर्वाचित कार्यसमितिले आगामी छ महिनाभित्र थप चार देशमा राष्ट्रिय सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ। साथै, आपत्कालीन रक्त सहयोग, स्वयंसेवक सञ्जाल विकास, युवा सहभागिता वृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र डिजिटल सञ्चार प्रणालीलाई प्राथमिकतामा राखेको पनि जानकारी दिएको थियो।

महाधिवेशनमा नेपाल रेडक्रस सोसाइटी, गैरआवासीय नेपाली संघ, स्टार हस्पिटल, ह्याम्स हस्पिटललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।