Newsसमाचार
24 Nov 2026रेग्मीलाई अध्यक्ष चयन गर्दै सम्पन्न भयो रक्तदाता सँघको महाअधिबेशन
Tap the picture to see it full size.
काठमाडौँ ।
बनाउँदैन बिज्ञानले न फलाउँछ किसानले
मानिसको जिवन बचाउँछ स्वस्थ मानिसकै रगतले ।
सर्ब बिधितै छ नेपाली सँसार भर पुगेका छन । जहाँ नेपाली त्यहाँ साथ, सहयोग र भाइचारा हुने नै भयो । छरिएर रहेका यिनै सहयोगी मनहरु मिलेर सन २०१४मा यस्तो मानबिय सँस्था खडा गरे जसले बिश्वलाईनै एउटा सानो घर बनाइदियो । जसलाई अन्तर्राष्ट्रिय नेपाली रक्तदाता संघ नाम दिइएको छ । रक्तदान जसलाई न भुगोलले छेक्छ न जात,धर्म, सँस्कार र सँस्कृतीले । रक्तदान कसले दियो कसले लियो ? न दिनेलाइ घमण्ड न लिएर नयाँ जिबन पाउनेलाई आत्माग्लानी । हो यहि सँस्थाले हालै काठमाण्डौमा ७ औ महाधिबेशन सँम्पन्न गरेको छ । २०२६ २८ दुइबर्षे कार्यकालका लागी राहुल रेग्मिीलाई अध्यक्ष चयन गरेको अधिबेशनले ९ पदाधिकारी सहित बिभिन्न देशबाट १८ केन्द्रिय सदस्य चयन गरेको हो ।
नेपाल चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.देवेन्द्रबहादुर खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न महाधिवेशनले कार्यसमितिको उपाध्यक्षमा डा. मनिता राजकर्णिकार र उत्तम अधिकारी, महासचिवमा तेज कटुवाल, सचिवमा रामराज ओली र मुक्तिराम पोख्रेल तथा कोषाध्यक्षमा सुनिल राज श्रेष्ठलाइ चयन गरेको हो । ३५ देशमा सक्रिय गतिबिधी तथा हालसम्म २१ देशमा संघका राष्ट्रिय सञ्जाल स्थापना भइसकेको सँघको महाधिवेशनमा २ सय २५ पटक रक्तदान गरिसक्नुभएका संस्थाका प्रमुख संरक्षक अजय सत्याललाई मानव जीवन रक्षामा पुर्याउनुभएको योगदानको कदर गर्दै विशेष सम्मान गरिएको थियो।
नवनिर्वाचित कार्यसमितिले आगामी छ महिनाभित्र थप चार देशमा राष्ट्रिय सञ्जाल विस्तार गर्ने योजना अघि सारेको छ। साथै, आपत्कालीन रक्त सहयोग, स्वयंसेवक सञ्जाल विकास, युवा सहभागिता वृद्धि, अन्तर्राष्ट्रिय सहकार्य र डिजिटल सञ्चार प्रणालीलाई प्राथमिकतामा राखेको छ।
महाधिवेशनमा नेपाल रेडक्रस सोसाइटी, गैरआवासीय नेपाली संघ, स्टार हस्पिटल, ह्याम्स हस्पिटललगायत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
