All news
Newsसमाचार
24 Jul 2020Blood drives to be held at two places in Kathmandu for International Youth Day
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिने
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा काठमाडौंमा रक्तदान कार्यक्रम गरिने भएको छ । आउदो साउन २४ गते शनिवारका दिन राजधानीका दुई ठाउँमा रक्तदान कार्यक्रम सञ्चालन गरिने नेपाली रक्तदाता संघले जनाएको छ ।
राष्ट्रिय युवा परिषदको सहयोग र बिभिन्न संस्थाहरुको सहकार्यमा चाबहिल चोक र कलंकी माई मन्दिर परिसरमा बिहान ८ बजेदेखि दिउँसो ११ बजेसम्म बृहत रक्तदान कार्यक्रम सञ्चालन हुने नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीले बताए ।
रक्तदान कार्यक्रममा (कोभिड–१९) लाई ध्यानमा राखी हरेक रक्तदाताहरुलाई साधारण परीक्षण गराएर रक्तदान गर्ने आयोजकले जनाएको छ ।
