Newsसमाचार
11 Dec 2019A New York town declares 22 December “World Blood Donor Arjun Mainali Day”
न्यूयोर्कको स्थानीय सरकार द्वारा ‘विश्व रक्तदाता अर्जुन मैनाली दिवस’ घोषणा
वेष्टर वे टाउन, न्यूयोर्कले डिसेम्बर २२ लाई "विश्व रक्तदाता अर्जुन मैनाली दिवस" घोषणा गरेको छ । रक्तदान अभियान र सो सम्वन्धि ज्ञानलाई विश्वमाझ फैलाउन अतुलनीय योगदान पुर्याए बापत अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ का संस्थापक अध्यक्ष अर्जुन प्रसाद मैनालीलाई उक्त सम्मान गरेको हो ।
रक्तदानको ईतिहासको सन्धर्भमा; प्रशव अवस्थामा अत्यधिक रक्तश्राव भएकी पत्नीलाई सन १८१८ डिसेम्बर २२ मा सिरिन्ज प्रयोग गरेरश्रीमानकै पाखुराबाट चार औंस रगत निकाली रक्त सञ्चार गरेका थिए । जुन संसारमा यो नै पहिलो सफल मानव रक्तदान थियो ।
सन् २००७ देखि वेष्टर वे टाउनको हिक्सभिल न्यूयोर्कमा बस्दै आएका अर्जुन प्रसाद मैनालीले अमेरिकाको १४ राज्यहरुमा रक्तदान रउत्प्रेरणा गरेका छन् । उनले हालसम्म ६ वटा महादेशका १७ देशहरुमा १७२ पटक रक्तदान (१२३ होल ब्लड र ४९पटक प्लेट्लेटस) गरेका छन् । उनको आफ्नै रगतले ५१६ जना सम्मलाई बचाउन सहयोग हुन्छ ।
अमेरिकामा दैनिक करिव ४० हजार युनिट रगत चाहिन्छ । न्यूयोर्क शहरदेखि ४० किलोमिटर टाढाको वेष्टर वे टाउनमा तीन लाख जनसंख्या छ । स्थानीय सरकारले समुदायका कामलाई महत्वपूर्ण ठानी आम जनमानसमा सन्देश पुर्याउन उक्त दिवस घोषणा गरेको जनाईएको छ । स्थानीय बासिन्दा अर्जुन मैनालीले रक्तदानको क्षेत्रमा स्थानीय, राष्टिय र अन्तराष्ट्रिय क्षेत्रमा समेत अतुलनीय योगदान पुर्याएका हुनाले “विश्व रक्तदाता अर्जुन मैनाली दिवस” घोषणा गरेको हो ।
