कतारमा पहिलो पटक ७० भन्दा बढी संस्थाहरुद्वारा संयुक्त बृहत् रक्तदान कार्यक्रम हुँदै

कतार: कतारमा स्थापित करिव ७० वटा नेपाली सामाजिक संस्थाहरू पहिलो पटक एकै कार्यक्रम अन्तर्गत रहेर रक्तदान गर्ने भएका छन। नेपाली रक्तदाता संघ कतारको संयोजकत्वमा करिब ७० वटा संघ संस्थाहरुको आयोजनामा संयुक्त रुपमा बृहत रक्तदान कार्यक्रम-२०२३ यहि आउदो जनवरी २० तारिखका दिन हमाद हस्पिटलको ब्लड डोनर सेन्टरमा गर्न लागिएको हो। उक्त दिन बिहान ठिक ८ बजे शुरु भई दिउसो १ बजेसम्म रक्तदान कार्यक्रम हुने आयोजक संस्थाहरुले बताएका छन।'रक्तदान जिवनदान' भन्ने नारालाई आत्मसाथ गर्दै कतारमा स्थापित विभिन्न संघ संस्थाहरुले एक्लै रक्तदान गर्दै आएका छन। यस पटक मानवीय धर्मप्रती केन्द्रित भएर सन २०२० मा कतारमा स्थापित नेपाल रक्तदान संघ कतारको संयोजकत्व तथा ७० भन्दा बढी संघ संस्थाहरुको आयोजनामा बृहत् रक्तदान कार्यक्रम गरिने भएको हो।कतारमा रहेर रक्तदान गर्न इच्छुक नेपाली दाजुभाई तथा दिदिबहिनीहरुलाई समयमै उपस्थित भई यो पुण्य कार्यमा सहभागी कार्यक्रम सफल बनाईदिन हुन अनुरोध गरेको छ। संयुक्त रक्तदान कार्यक्रमले नेपाली समुदाय भित्र आत्मियता,भातृत्व , एकता र समाजप्रतिको समर्पण अझै दृढ र दिगो हुने समेत आँकलन गरिएको छ।त्यसैगरी यो संयुक्त आयोजित कार्यक्रमले समयको सदुपयोग, कार्यक्रममा सहभागी हुने अतिथि तथा सहभागीहरुलाई आर्थिक भार कम,एकै दिन धेरै कार्यक्रममा उपस्थिति हुनुपर्ने झन्झट र बोझिलो अवस्था लगायतका समस्याहरुमा समेत न्युन हुने भएकोले दोहामा रहेका अन्य संस्थाहरुका कार्यक्रम पनि यसै गरि संयुक्त रुपमा हुन सके अति उत्तम हुने केही नेपाली समुदायका जानकारहरुले बताएका छन। नेपाली रक्तदाता संघ कतार शाखाले यहाँ रहेका सम्पुर्ण संघ संस्थासंग सहकार्य गर्दै रक्तदान गर्ने र समाजलाई एकीकृत गर्दै अगाडि बढ्ने उदेश्य राखेको छ।संस्थाले रक्तदान संगै विविध किसिमका मोटिभेसनल कार्यक्रम संचालन गर्दै आएको र बिश्वका करिब १४ वटा देशमा शाखा बिस्तार गरि बिधिवत रुपमा सामाजिक कार्य गर्नुका साथै नेपालमा समेत यस्तै मानवीय पुण्य कार्यको शुरूवात गरिएको संस्थाका अध्यक्ष रामजी खत्रीले मुग्लानी खबरलाई जानकारी दिएका छन। नेपाली रक्तदाता संघ, कतारको समन्वयमा आगामी २० जनवरी, २०२३ का दिन कतारमा स्थापित सम्पुर्ण नेपाली संघ संस्थाहरुको संयुक्त आयोजनामा हुने "बृहत रक्तदान कार्यक्रम" मा आयोजक संस्थाको नामावलि । १. गण्डकी प्रदेश समन्वय परिषद, कतार २. प्रदेश नं १ समन्वय परिषद, कतार ३. गोरखा सेवा समाज, कतार ४. संखुवासभा समाज, कतार ५. चितवन युवा समूह, कतार ६. मोरङ सुनसरी सेवा समाज कतार ७. म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार ८. सर्लाही प्रवासी सेवा समाज, कतार ९. नेपाली जनप्रगतिशिल मंच, कतार १०. नवलपुर सेवा समाज, कतार ११. बागलुङ सेवा समाज कतार १२. लोक तथा दोहोरी गित प्रतिस्ठान कतार १३. मितेरी समाज कतार १४. लुम्बिनी प्रदेश समन्वय परिषद कतार १५.गुल्मी सेवा समाज कतार १६.अर्घाखाँची सेवा समाज कतार १७.समाजसेवा अभियान रुपन्देही कतार १८.प्युठान सेवा समाज कतार १९.दाङ्ग देउखुरी सेवा समाज कतार २०.बुद्ध भुमी कपिलवस्तु सेवा समाज २१.पाल्पाली सेवा समाज कतार २२.रोल्पा सेवा समाज कतार २३.नवलपरासी सेवा समाज कतार २४.बाके सेवा समाज कतार २५. कणाली प्रदेश सेवा समाज, कतार २६. ठकुरी सहयोग सन्जाल कतार २७.अन्तरास्ट्रिय नेपाली मुस्लिम समाज, कतार २८. स्याङ्जा सहयोग समाज, कतार २९. पर्वत समाज, कतार ३०.काठमाण्डौ म्युजिकल ब्यान्ड कतार ३१. कास्की आदर्श समाज, कतार ३२. कार्डस अर्गनाइजेसन कतार ३३. सिन्धुली सेवा समाज कतार ३४. तनहु सेवा समाज, कतार ३५. सन्ध्या ग्रुप अलखोर कतार ३६. अनेसास-नबोदित साहित्य वाचन डबली ३७. झापाली समाज, कतार ३८. प्रवासी नेपाली एकता मंच, कतार ३९. एकीकृत प्रवासी श्रमिक संघ, कतार ४०. नेपाल इन्जिनियर्स एसोसियन कतार ४१. लमजुङ सेवा समाज कतार ४२. नेवा पु:च कतार ४३. नेपाली श्रमिक कल्याणकारी संघ, कतार ४४. नेपाली प्रवासी श्रमिक संघ, कतार ४५. अन्तर्राष्ट्रिय नेपाली समाज, कतार ४६. बिबेकशिल साझा कतार ४७. नेपाली महिला समाज कतार ४८. नेपाली जन प्रगतिशील मोर्चा कतार ४९. ओखलढुंगा सेवा समाज कतार ५०. सिरहा सेवा समिति कतार ५१. धनकुटा सेवा समाज, कतार ५२. नेपाल मगर संघ, शाखा कतार ५३. पाथीभरा सेवा समाज कतार ५४. अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज, कतार ५५. सुदुरपस्चिमेली नेपाली समाज, कतार ५६. दलित एकता संजाल, कतार ५७. नेपाली जनसम्पर्क समिती, कतार ५८. नेपाल पत्रकार महासंघ, कतार च्याप्टर ५९. परियार मित्रता समाज, कतार ६०. नेपाल आदिवासी जनजाती महासंघ, कतार ६१. प्रवासी नेपाली मंच, कतार ६२. कर्णाली प्रदेश समन्वय परिषद, कतार ६३. प्रवासी नेपाली समुदाय, कतार ६४. खस कस्तरी सेवा समाज, कतार ६५. नेपाली समाज, कतार ६६. गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार ६७. सुनसरी सिर्जनशील परिवार, कतार ६८. खोटाङ सेवा समाज, कतार ६९. उदयपुर प्रवासी सेवा समाज, कतार ७०. मधेस प्रदेश समन्वय परिषद, कतार ७१. नुवाकोट सेवा समाज, कतार