रगतले जोड्छ - प्रशान्त उप्रेती

मैले दिऊँ भनेँ किन दिने ? कसलाई दिने ? फाइदा के छ ? मैले भनेँ- रगतले जोड्छ । फेरि सोधे मलाई- कांग्रेस नजिक वा कम्युनिस्ट नजिक ? मैले भनेँ- मानव नजिक । जन्मिँदा नाङ्गै रगतकै स्नान गरेर आफ्नी आमा जननी जिउँदै मरेर शरीरको आधा हिस्सा तिमीलाई दिएर ती आमालाई रगत दिने कोही थिए ? जन्मिँदा तिमी शुद्ध मानव थियौ कांग्रेस, कम्युनिस्ट पछि भयौ धनी, गरिब पछि भयौ रिस-राग गर्ने घमण्डी पछि भयौ मानव सृष्टि रगतले नै सम्भव भयो रगतविना जीवन लीला समाप्त अनि घमण्ड तोडेर गयौ । भौतिकवादी मांसपिण्डमा तिम्रो यो रगत बग्न छोडे रोगव्याधी धेरैले संसारै छोडे धेरैले सोध्छन्- के पाउँछौँ र हामीले ? म भन्ने गर्छु- भरपूर सन्तुष्टि पाउँछौ तिमीहरूले मृत्युसँग लडिरहेका बिरामीका आशीर्वाद अनि सिंगो तिम्रो अटल स्वाभिमान । आमाको ऋण तिर्नु छ हामीले लाखौँको जीवन जोगाउनु छ हामीले विश्वास छ मलाई- रगतले जोड्छ कुसंस्कार र कुरीति तोड्नु छ हामीले । आफ्नो अस्तित्वको एक हिस्सा दिन सिकाउँछ रक्तदानले अनि सिकाउँछ अरूको अस्तित्व स्वीकार्न समाज जोड्न सिकाउँछ हामीलाई मानवीय नाता जुटाउँछ हामीलाई । अमूल्य चिज यस्तो छ यो दिनेबेला सोधे पनि लिने बेला कसको भनेर सोधिन्न न जात, न धर्म, न त साना वा ठूला जोगिन्छ अनगिन्ती अमूल्य जीवन । रक्तदान जीवनदान महादान ।