नेपाली रक्तदाता संघ भारत को गठन ।

अन्तरास्ट्रिय नेपाली रक्तदता संघले लिएको उद्देश्य प्राप्ति का निम्ति भारतमा रक्तदान सम्बन्धि विविध कार्यक्रम संचालन गर्न संस्थाको आबस्यकतालाई मध्यनजर गरि अन्तरास्ट्रिय नेपाली रक्तदता संघ कै एक भगिनी संस्थाको रूपमा रहने गरि एक भेला का बिच नेपाली रक्तदाता संघ भारतको स्थापना गरिएको छ । अन्तरास्ट्रिय नेपाली रक्तदता संघका सचिब तथा नेपाली रक्तदाता संघका अध्यक्ष राहुल रेग्मीको प्रमुख आतिथ्यता र समाजसेवी नागेन्द्र प्रसाद जोशीको अध्यक्षतामा भारतको राजधानी नयाँ दिल्ली स्थित एन.डि तिवारी भवनको कार्यक्रम हलमा भब्यता का साथ सम्पन्न भयो । भेलाले गोरख बिष्ट (दिल्ली) संयोजक रहने गरी १३ सदस्यीय तदर्थ समितको गठन गरेको छ जसमा सह-संयोजक दुर्गा आचार्य (बेङ्गलौर) र सदस्यहरुमा देबेन्द्र बोगटी (हैदराबाद), कृपाराम पाण्डेय (मुम्बई), प्रतिक तिमील्सिना (पुना), एल.पि पाण्डे (दिल्ली), अर्जुन बोगटी (दिल्ली), कबिराज पाण्डेय (गुजरात), लोकेश ढुंगाना (पुना), धन बहादुर रोकाया (बेङ्गलौर), चन्दर हम्जाली मगर (दिल्ली), रमेश क्षेत्री (बेङ्गलौर) र कमला थापा राउले (दिल्ली) रहेका छन । यो तदर्थ समिती ले ४ महिना भित्र साधारण सभा गराएर पूर्ण कार्यसमिती को चयन गर्ने जानकारी संयोजक बिष्ट ले दिनु भयो । प्रवासि नेपालीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रममा बोल्दै प्रमुख अतिथी रेग्मीले नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै प्रवास बाटै भए पनि नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा समर्पित ब्यक्ती तथा संस्थाहरु संग एकबद्ध हुँदै भारतमा प्रवासी नेपालीहरु बिच रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने उद्देश्य यस संस्थाले लिएको जानकारी गराउदै यस संस्थाले भारतमा रक्तदान सम्बन्धी गर्ने कार्यक्रममा सक्दो सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गर्नु भयो ।