रगत अभावको समस्या समाधानका लागि स्कुल कलेज देखि नै रक्तदान उत्प्रेरणा कार्यक्रम आवस्यक ׀

काठमाडौं, भाद्र १ - नेपाली रक्तदाता संघको आयोजनामा काठमाडौंमा गत शनिवार “रक्तदान अभियान प्रति सामाजिक जागरण र संघ-संस्थाहरुको भूमिका” बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ׀ रक्तदान प्रति आम युवाहरुमा आकर्षण ल्याउनका लागि समाजमा कृयाशील संघ-संस्थाहरु बिचको सहकार्य, ऐक्यबद्धता र एकीकृत कार्यक्रमहरुको तर्जुमाको आवस्यकता रहेको बारे कार्यक्रम आयोजक, अतिथिहरु र सहभागीले धारणा राखेका थिए ׀ स्कुल कलेज देखि नै बिद्यार्थीहरुलाई जीवन रक्षामा रक्तदानको महत्ववारे बुझाउन सकेमा मात्रै नियमित युवा रक्तदाताको बिकाश हुने र त्यसो हुनसकेमा अहिले देखिने गरेको रगत अभावको समस्यामा सुधार हुने हुँदा बृहत रुपमा रक्तदान उत्प्रेरणा कार्यक्रमहरु प्रभावकारी हुनेमा कार्यक्रमले जोड दिएको छ ׀ फ्रेन्डशिप कम्युनिटी अस्पतालको सहकार्यमा आयोजित कार्यक्रममा अस्पतालका अध्यक्ष प्रेम श्रेष्ठ, रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी, युएनडीपिका राजेन्द्रमान बनेपाली, योग प्रेमी परिवारका संस्थापक भानुभक्त दाहाल, शुभ प्रभा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत फणिन्द्र कुमार खड्का, एनआरएनए रक्त संचार सिस्टमका कुनाल मिश्र, प्रथम नेपाली महिला रेसलर भगवती खड्का, हिमाबाला महिला समुहकी भगवती खतिवडा लगायतको आतिथ्यता रहेको थियो ׀ कार्यक्रमका बक्ताहरुले नेपाली रक्तदाता संघले बिगतमा गरेका रक्तदान संग सम्बन्धित कार्य र क्रियाकलापको तारिफ गर्दै आफु सम्बद्ध संस्थाहरुको तर्फबाट सहयोग सहितको सहकार्यको प्रतिबद्धता जनाएका छन् ׀ सोहि अनुसार बिभिन्न व्यवशायिक प्रतिष्ठानहरुले संघको आगामी कार्यक्रममा सघाउ पुर्याउने उद्देश्यले आर्थिक सहयोग घोषणा समेत गरे ׀ संघका अध्यक्ष राहुल रेग्मीको सभापतित्व रहेको कार्यक्रममा उपाध्यक्ष खेटराज मैनालीले संस्थाको आगामी कार्यक्रमहरु बारे प्रकाश पारेका थिए ׀ कार्यक्रममा सहभागी बिभिन्न व्यक्तिहरुले आफ्नो जन्मदिनको अवसर पारी रक्तदान कार्यक्रम आयोजना गरिदिन आग्रह गर्दै त्यसका लागि यथासक्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ׀ समान उद्देश्य लिएर आ-आफ्नै शैलीले अघि बढ्दा मुद्दा ओझेल पर्नसक्ने हुँदा उद्देश्य मिल्नेहरू एकाकार हुँदै संयुक्त अभियान संचालन गर्नसके अपेक्षाकृत उपलब्धि हासिल हुनसक्ने भन्दै सम्बन्धित पक्षहरुलाई ध्यानाकर्षण गराउने काम कार्यक्रमले गरेको छ ׀