सत्यालले गरे १७० औं पटक रक्तदान

अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ (INBDA) का केन्द्रिय अध्यक्ष अजय सत्यालले १७० औं पटक रक्तदान गरेका छ्न । अमेरिकाको फ्लोरिडा राज्यमा लामो समय सम्म वायु प्रदुषण विशेषज्ञको रुपमा काम गरेका उनी बिस्वमै सबैभन्दा बढी रक्तदान गर्ने नेपालीको सुचिमा दोस्रो नम्बरमा पर्दछ्न । अन्तराष्ट्रिय नेपाली रक्तदाता संघले नेपालमा रक्तदान सम्बन्धि विभिन्न सेमिनार, आर्थिक सहयोग, मोटिभेसन कार्यक्रम, सम्मान तथा विभिन्न संस्था संगको सहकार्यमा रक्तदान कार्यक्रम समेत गर्दै आईरहेको छ । नेपालमा रगतको अभाव हुन नदिन तथा बिदेशमा रहेका नेपालीहरुलाई समेत रक्तदान गर्न अभिप्रेरित गर्दै आएको अन्तराष्ट्रिय नेपाली रक्तदाता संघले चालू आर्थिक बर्ष ०७५/०७६ मा १० लाख रुपैयाँ खर्च गरिसकेको छ । सबै भन्दा धेरे रक्तदान गर्नेमा अन्तराष्ट्रिय नेपाली रक्तदाता संघ संस्थापक अध्यक्ष अर्जुन प्रसाद मैनालीको रेकर्ड छ, उनले १ सय ७१ औं पटक गरिसकेका छन ।