कतिसम्म गर्न सकिन्छ रक्तदान ? १६८ पटक रक्तदान गरेका मैनाली यसो भन्छन्

अर्जुनप्रसाद मैनाली । मृत्युको मुखमा पुग्न लागेका बिरामीहरुलाई बच्चाउन धेरै जनाले जानेर वा नजानेर पनि आफ्नो शरीरको अमुल्य रगत दान गर्ने गरेका छन । जसले लामो समय सम्म रक्तदान गरी अरुलाई बच्चाउने वा आमरुपमा जनमानसमा रक्तदान गर्न उत्प्रेरणा गर्ने सोच राख्नु भएको छ । उहाँहरुले केही कुरामा ध्यान दिनु जरुरी छ । रक्तदान आफैँमा बहुमुल्य वरदान हो । त्याग र बलिदानको भावनाले मात्र सम्भव छ । रक्तदान गर्नु सजिलो छ जस्तो लाग्न सक्छ । तर त्यती सजिलो छैन । सर्बप्रथम त मन देखि नै मेरो आफ्नो शरीरकै रगत दिएर अरुलाई बच्चाउँछु भन्ने भावना आउनु पर्यो । दोश्रो कुरा रक्तदान गर्नको लागि स्वस्थ शरीर र तोकिएको मापदण्ड पुरा हुनुपर्छ । धर्म शास्त्र अनुसार पृथ्वीमा करीब ८४ लाख थरिका प्राणीहरु छन । बैज्ञानीकहरुले पनि त्यस्तै रहेको अनुमान गरेका छन । त्यसमध्ये मानव सर्बश्रेष्ठ प्राणी हो । यस प्राणीको शरिरको वजनको लगभग ७ प्रतिशत जती रगत हुन्छ । ४५ किलोग्राम तौल भएको १८ बर्ष नाघेको स्वस्थ पुरुषमा प्रति किलोग्राम ७६ र महिलामा ६६ मिलिलिटर रगत हुन्छ । मानव शरिरमा कम्तिमा प्रति किलोग्राम ५० मिलिलिटर रगत चाहिन्छ नै । यसर्थ पुरुषमा २६ र महिलामा १६ मिलिलिटर भएको रगत मध्ये नौ÷नौ मिलिलिटर सजिलै दान गर्न सकिन्छ । मानौँ कि मैले कुनै एउटा बिरामी बच्चाउन ५०० मिलिलिटर रक्तदान गरेँ । त्यो बिरामीलाई त्यती रगतले पुगेन । अझै दिनु पर्ने भयो । अन्त कहिँबाट पनि रगत पाउन सकिएन । फेरि मैले नै दिनु पर्ने भयो । साधारणतया यो भन्दा बढी रगत निकाल्नु हुँदैन । तर रगत नै नभएका कारण कसैको जीवन नै मर्ने नै भयो, रगत काहिबाट पनि पाउन सकिएन भने त्यस्तो आपतकालिन अवस्थामा अर्को ५०० मिलिलिटर रगत दिन सक्छु । र मैले फेरि अर्को ५०० एम एल रगत दान गरेँ भनेँ यस्तो अवस्थामा मलाई रिगटा लाग्ने, उल्टी आउला जस्तो हुने, हलुका टाउको दुख्ने र शारीर कमजोरी जस्तो महशुस हुन सक्छ । पहिला रगत दिएको बिरामीलाई अझै रगत पुगेन फेरी अर्को ५०० मिलिलिटर रगत दिनु पर्ने भयो र फेरी मैले नै दिएँ भने म आँफै नै बिरामी हुनेछु र मलाई बच्चाउन स्लाइन नै दिनु पर्ने हुन्छ । त्यो बिरामीलाई अझै एक पोका रगत चाहिने भयो । उसलाई बच्चाउन मैले यत्रो गरी सकेँ, अब अर्को एक पोका रगत दिएर बच्चाउछु भन्दै मैले फेरि रगत दिएँ भने मेरो शरीरमा भएको रगत मध्ये ४० प्रतिशत निकाली सकिएको हुन्छ र मेरो शरीरमा पर्याप्त रगत नभएका कारण मेरो मृत्यु हुन्छ । अब मलाई बच्चाउन रगत नै दिनु पर्ने हुन्छ । त्यसो भए कतिजती रक्तदान गरुँ भन्ने प्रश्न उठ्न सक्छ । साधारणतया एक युनिट (होल ब्लड) नै रक्तदान गर्ने हो । हरेक तीन महिनामा एक पटक दिँदा सकिने चिज होइन । आजकल, तपाईंको उचाइ, वजन, कुल रक्त परीमाणका आधारमा स्वचालित रक्त संकलन मेशिनबाट दुई युनिट रातो रक्तशेल दान गर्न सक्नुहुन्छ । अथवा एक युनिट प्लेट्लेट्स र एक युनिट प्लाज्मा एकसाथ दान गर्न सक्नु हुनेछ । मैले पनि फेब्रुअरी २८, २०१० मा प्लेट्लेट्स र प्लाज्मा एक एक युनिट दान गरेको थिएँ । प्लेट्लेट्स ४९ पटक र होल ब्लड ११९ पटक गरी १६८ पटक रगत दान गरेको छु । मेरो आफ्नै रगतले सयौँ जनालाई बच्चाउन सहयोग भई सक्यो, आगामी दिनमा पनि किन नदिने भन्ने भावनाले रगत दान गरिरहेको छु ।