 
                        
                            नेपाली रक्तदाता संघ (Nepalese Blood Donors Association - NBDA) एक बिशुद्ध रक्तदान सम्बद्ध
                            सामाजिक उद्देश्य बोकेर नेपालमा बिधिबत दर्ता गरिएको एक गैरसरकारी संस्था " NGO " हो
                            ।अन्तरास्ट्रिय नेपाली रक्तदता संघ (INBDA) ले लिएको उद्देश्य प्राप्ति का निम्ति नेपालमा
                            रक्तदान सम्बन्धि विविध कार्यक्रम संचालन गर्न एक बैधानिक संस्थाको आबस्यकतालाई मध्यनजर गरि
                            INBDA कै एक भगिनी संस्था ( Sister Organization ) को रूपमा रहने गरि यो संस्थाको जन्म भएको हो
                            ।
                            
                            नेपालमा हाल रहेको सोधभर्ना रक्तदान प्रबृत्तिलाई पुर्ण स्वयंमसेवि रक्तदानमा परिणत गर्दै
                            नेपाललाई रगत अभाव मुक्त राष्ट्र बनाउने बृहत् उद्देश्य लिई स्वयंमसेवि रक्तदान अभियानमा
                            समर्पित ब्यक्ती तथा संस्थाहरु संग एकबद्ध हुँदै रक्तदान सम्बन्धि उत्प्रेरणा, बहस पैरवी लगायत
                            बिशेषत: रक्तदान कार्यक्रम संचालनमा सहकार्य गर्ने गराउने उद्देश्य यस संस्थाले लिएको छ ।
                            
                        
 
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                         
                        